Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला

Author Avatar साझा न्यूज 1st July 2021 , 7:34 PM
गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला

-रासस

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताएका छन् ।

काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रको लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गाउँगाउँमा पुगेर पार्टीको सङ्गठन विस्तार गर्ने नेता गिरिजा भएको बताएका हुन् ।

‘लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि, सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका स्व कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो ।’ उनले भने । वामपन्थी नेता एवम् पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले काँग्रेस र कम्युनिष्टबीच रहेको अन्तरबिरोधलाई अन्त्य गर्न गिरिजाको महत्वपूर्ण योगदान रहेको बताए ।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरश : पालना गर्ने प्रतिवद्ध र इमान्दारी नेता भएको उनले स्मरण गरे । ‘१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्लामात्र हो,’ उनले भरे । नेता शेरचनले जनआन्दोलन, जनयुद्ध र गिरिजाको सफल नेतृत्वको कारण देशमा गणतन्त्र स्थापना भएको उल्लेख गरे ।

काँग्रेसका नेत्री सुजाता कोइरालाले नेपालको आर्थिक विकासको जग गिरिजाले नेतृत्व गरेको सरकारको पालादेखि शुरुआत भएको बताए ।

‘गिरिजाले ल्याएको आर्थिक उदारीकरणको नीतिले देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधारको विकास भएको हो,’ उनले भने । उनले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले गिरिजाले नेपालको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलन र मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको अथक योगदानलाई जीवन्त बनाउन आवश्यक रहेकामा जोड दिए । उनले भने ‘काँग्रेसले गिरिजाको सपनालाई पुरा गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज