कपिलवस्तु । हेटौडामा परिवारबाटै हत्या गरिएकी कपिलवस्तुकी सुस्मिता के.सी.को एक वर्षे पुण्य तिथिको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाको आयोजनामा तौलिहवामा शोक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा स्वर्गीय सुस्मिता के.सी.को स्मृतिमा कपिलवस्तु बालगृहका अनाथ बालबालिकाहरुलाई एक छाक खाना खुवाईएको कार्यक्रमकी संयोजक चन्द्रा अर्यालले बताईन् ।
मेची महाकाली बुहारी संयुक्त आवाजका महिला अगुवाहरु दिना सुवेदी, सुष्मा खांण, अन्जु बन्जाडे, अन्जु अधिकारी, मन्जु खांण, मृतक सुस्मिताकी आमा गंगा के.सी. लगायत बालगृहका बालबालिकाहरुले मैनवत्ती बालेर सुस्मिता के.सी.को आत्माको चीर शान्तिको कामना गरेका छन् ।
सो अवसरमा महिला अगुवाहरुले सुस्मिता हत्या काण्डका दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजका प्रेस सल्लाहकार भगवती न्यौपाने, बालगृहका प्रमुख राम प्रसाद अर्याल, नेपाल बाल संगठनकी कार्यकारी सदस्य निर्मला न्यौपाने, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।