Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा किन बढेन सवारी चाप ?

Author Avatar साझा न्यूज 6th July 2021 , 4:14 PM
जोरबिजोर प्रणाली हटाइए पनि सडकमा किन बढेन सवारी चाप ?

काठमाडौं । उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यकाबाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिउ । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए ।

विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौँ उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो । आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासङ्घले आपत्ति जनाउँदै आएको छ ।

लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन् । यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना सङ्क्रमण अझ बढ्ने महासङ्घको ठम्याइ छ । सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्यको आरोप छ ।

सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउाछन् । सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन् । आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्याङ्क भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज