Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन

Author Avatar साझा न्यूज 7th July 2021 , 3:29 PM
छलफलको लागि निर्वाचन आयोग पुगे जसपाका दुवै पक्ष

नेकपा (एमाले) प्रवेश गरेपछि माओवादी केन्द्रबाट कारवाहीमा परेका २३ जना नेताहरुको तर्फबाट निर्वाचन आयोग पुगेर माओवादी केन्द्र खोरेजीको मागसहित निवेदन दर्ता गरेका छन् । नेता लीलाबहादुर थापाको नेतृत्वमा गएको एक टोलीले आयोगमा बुधबार निवेदन दर्ता गरेको हो । माओवादी केन्द्रको महाधिवेशन नभएको नौ वर्ष वितिसकेकाले अवैधानिक भएको दावी गर्दै नेताहरुले अवैधानिक दलले गरेको कारवाही पनि अवैधानिक भएको भन्दै आयोगमा दिवेदन दर्ता गराएको बताएका छन् ।

२०६९ सालमा महाधिवेशन गरेको दलले अहिलेसम्म महाधिवेशन नगरेको नेता लीलाबहादुर थापाले बताउनुभयो । “अवैध अध्यक्षले कारवाही गरेर हामी पदमुक्त हुने होइन, पहिले कारवाही गर्ने अध्यक्ष नै वैधानिक हुनुपर्छ” नेता थापाले भन्नुभयो, “अवैधानिक अध्यक्षले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई कारवाही गर्न कसरी मिल्छ रु” आफूहरु एकीकृत पार्टीको भावअनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीमा रहेको नेता थापाले बताउनुभयो ।

टोलीको तर्फबाट निर्वाचन आयोग पुग्नुभएका अधिवक्ता सरोज बुढाथोकीले २०७५ जेठ ३ गते दुई दलबीच एकता भएको तर महाधिवेशन नभएको उहाँले बताउनुभयो । दलीय ऐनअनुसार दलले पाँच वर्षभित्र र कुनै कारणबस ६ महिनासम्म समय बढाउन सक्ने भएपनि नौ वर्षसम्म पार्टी महाधिवेशन नगरेर माओवादी केन्द्र अवैधानिक भइसकेको बताउनुभयो । अवैधानिक दललाई खारेजीको मागसहित आफूहरु निर्वाचन आयोगमा निवेदन दिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगमा पूर्वमन्त्रीहरु कसैको सहभागिता थिएन । आयोगमा निवेदन लिएर थापासँगै दिनेश पन्थी, अधिवक्ता बुढाथोकी, गिरिधारीलाल न्यौपाने लगायतका नेताहरु पुग्नुभएको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल खारेजीको मागगर्दै आयोगमा निवेदन दर्ता भएको बताउनुभयो । आयोगले निवेदनका विषयमा आवश्यक छलफल गरी त्यसबारेमा निर्णय लिने उहाँले जानकारी दिनुभयो । “निवेदकहरुले दावी गर्नुभएको विषयमा आयोगले अध्ययन गर्छ, थप कागजात आवश्यक भएमा माग्छ, अध्ययनपछि मात्र कारवाही हुने नहुने टुङ्गो लाग्छ” उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतले गत फागुन २३ को फैसलाबाट तत्कालिन नेकपालाई विघटन गरी साविक दल नेकपा ९एमाले० र माओवादी केन्द्र व्यूँताएपछि माओवादी केन्द्रका २३ जना नेताहरु एमालेतिर लाग्नुभएको थियो । रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, मणी थापा लगायतका सांसदहरुलाई केन्द्रले कारवाही गरेपछि पदमुक्त हुनुभएको थियो । सर्वोच्चको २८ गते आउने फैसलापछि निर्वाचन आयोग जाने कि अघि नै जाने विषयमा छलफलमा रहेका नेताहरुको तर्फबाट आज बुधबार नै एक टोली निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । यसपछि दल खारेजीको मागसहित अदालत जाने पनि सो टोलीले जनाएको छ । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

भर्खरै प्रकाशित

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज