Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने


नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।

प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको हो ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्दैछ ।
‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । प्राधिकरणको वेबसाइटमा उपलब्ध लिङ्कमा दर्ता गर्ने क्रम पनि अत्याधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र सञ्चालन हुन केही समय लाग्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

नेपालमा मोबाइल सेट खरीद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरीद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरीद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन अनुरोध गरेको छ ।

विसं २०७४ वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको बोलपत्रमा आवेदन परेका १३ कम्पनीमध्येबाट २०७६ साल असारमा छनोट भएका कम्पनीले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । सम्झौता भएको मितिले ६ महिनाभित्र एमडिएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नुपर्ने भन्दै ८० करोड बराबरको ठेक्का दिइएको थियो ।

विभिन्न कारणले रोकिएको एमडिएमएस प्रणाली साउन १ गतेदेखि जडान हुँदैछ । विसं २०७३ वैशाखबाट प्राधिकरणले इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर ९आइएमइआई० नम्बर ‘युनिक कोड’ दर्ता गर्न शुरु गरेको थियो । पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रोचरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) जडान गर्ने जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

भर्खरै प्रकाशित

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि