Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विदेशी समूहले राष्ट्रपति मोइजको हत्या गरेको हाइटी प्रहरीको दावी


विदेशी समूहले राष्ट्रपति मोइजको हत्या गरेको हाइटी प्रहरीको दावी

काठमाडौं । हाइटीको प्रहरीले त्यहाँका राष्ट्रपति जोभनेल मोइजको हत्यामा विदेशी समूह संलग्न भएको दाबी गरेको छ । हाइटी प्रहरीका प्रमुख लियोन चाल्र्सका अनुसार राष्ट्रपतिमाथि आक्रमण गर्नेमा अधिकांश कोलम्बियाका पूर्वसैनिक थिए । प्रहरी प्रमुख चाल्र्सका अनुसार आक्रमणकारीको उक्त समूहमा २६ कोलम्बियाली र हाइटियन मूलका २ अमेरिकी थिए ।

अहिलेसम्म २ अमेरिकी सहित १७ जना संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको छ भने ८ जना अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी संदिग्ध राजधानी पोर्ट–अ–प्रिन्समा भएको भिडन्तमा मारिएको प्रहरीले बताएको छ । बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरी केही संदिग्धलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले कोलम्बियाली राहदानी र अन्य केही प्रमाण पनि सार्वजनिक गरेको थियो । राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भएको छैन ।

तर हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षीय राष्ट्रपति मोइज मुलुकमा ‘तानाशाही’ प्रणालीरिुद्ध लडिरहेको हुनाले उनलाई निसाना बनाइएको दाबी गरेका छन् । कोलम्बिया सरकारले पनि उक्त आक्रमणकारी समूहमा आफ्नो सेनाका कम्तीमा ६ जना रिटायर्ड सैनिक संलग्न भएको जानकारी आएको बताएको छ । साथै कोलम्बियाले राष्ट्रपतिको हत्याबारे अनुसन्धानमा पूर्णरुपमा हाइटी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अमेरिकी सरकारले भने अहिलेसम्म आफ्ना नागरिकलाई नियन्त्रणमा लिएकोबारे पुष्टि गरेको छैन । राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपति निवासमा स्थानीय समयअनुसार बुधबार बिहान करिब ११ बजे अज्ञात हतियारधारीले गरेको आक्रमणमा मोइजको ज्यान गएको थियो । आक्रमणमा प्रथम महिला घाइते भएकी छन् । अमेरिकाका लागि हाइटीका राजदूत बोचित एडमन्डले प्रथम महिलाको अवस्था गम्भीर रहेको जनाउँदै उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ ।

पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइजले नयाँ प्रधानमन्त्रीका रूपमा नाम घोषणा गरेका एरियल हेनरीले भने शपथ लिइसकेका थिएनन् । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ । जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए ।

भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।

विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए ।

तर मार्टेलीले पद त्यागेको मिति (सन् २०१६ फेब्रुअरी ७) मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए । चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको हो । जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्ध गरेर नयाँ निर्वाचन गरिएको थियो । चुनावमा मोइज विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

भर्खरै प्रकाशित

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि