काठमाडौं – प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको छ ।
उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।