नारद कोहार
कपिलबस्तु, असार २५
जिल्लाको तिलौराकोट साझेदारी बन व्यवस्थापन समिति र डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा मिडिया साझेदारी वन अन्तरक्रिया, अनुगमन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले बैज्ञानिक वन व्यवस्थापन एउटा चुनौतिको विषय रहेको बताए । बैज्ञानिक वन वयवस्थापनमा यहाका संचारकर्मीहरुको महत्व पुर्ण योगदान रहेको उनले बताए ।
कार्यक्रममा पुर्व मन्त्री दान बहादुर चौधरीले संघिय गणतन्त्र देखि लिएर लोकतन्त्र स्थापनामा पत्रकारको आह्म भुमिका रहेको बताए । सरकारको साझेदारी वनमाथी हेर्ने दृष्णिकोण नराम्रो रहेको उनले बताए ।
नेपालमा पहिलो पटक तिलौराकोट साझेदारी वनले बैज्ञानिक वन व्यवस्थापन गरेको साझेदारीका अध्यक्ष जय प्रकाश पाण्डेले बताए । एक दशकको सिकाई पछि बैज्ञानिक वन सफलता तर्फ उन्मुख भईरहेको बेला सरकारले बैज्ञानिक वन ब्यवस्थापन कार्यबिधि खारेज गरे पछि अन्यौल सृजना भएको उनले बताए ।
तिलौराकोट साझेदारीमा सञ्चालित समिलले चालु आ.ब.मा गरेका काठ चिरान, विक्री, समुहलाई दिएको काठको विवरण र नाफा नोक्सानको बारेमा समिलका व्यवस्थापक ध्यानेन्द्रमणि त्रिपाठीले जानकारी गराएका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष जय प्रकाश पाण्डेका अध्यक्षता, समितिका सदस्य शिवलाल यादवको स्वागतमा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य बसन्त गिरिले गरेका थिए ।
वन क्षेत्रमा योगदान गर्ने ३ सञ्चारकर्मी सहीत ६ जना सम्मानित
वनको विकासमा सञ्चार र विभिन्न क्षेत्रबाट योगदान गर्ने ३ सञ्चारकर्मी सहीत ६ जना नगद सहित सम्मान गरिएको छ । मिडिया साझेदारी वन अन्तरक्रिया, अनुगमन एवम् सम्मान कार्यक्रम उहाहरुलाई नगद सहित सम्मान गरिएको हो ।
संचारकर्मी पार्वती आचार्य, मनिष कार्की र बृजेश जयसवाललाई समितिका अध्यक्ष जय प्रकाश पाण्डे र डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले १० हजार नगद र प्रशसापत्रले सम्मानित गरेका थिए ।
त्यस्तै वन बातावरण तथा बैज्ञानिक वन व्यवस्थापनमा लामो समय देखि वकालत गर्दै आएका पुर्व मन्त्री दान बहादुर चौधरी, निजी बन प्रर्बद्धन गरे बापत यशोधरा गाउँपालिका १ का शिवदयाल तिवारी र कबनपा ५ का विक्रम बरईलाई सम्मान गरिएका हुन ।