नारद कोहार
कपिलबस्तु, असार २६
जनताको जिनवस्तरलाई उठाउन पर्यटनलाई जोड्ने प्रदेश सरकारको निति रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले कपिलबस्तुको गोटिहवामा क्रकुछन्द र अरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण गर्दै सो कुरा बताउनु भएको हो ।
अगामी दिनमा पर्यटकिय गन्तव्यका जाति पनि महत्वपूर्ण क्षेत्रहरुछन् लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटिहवा, निग्लिहवा लगायतका क्षेत्रहरुजसले हाम्रो ऐतिहासिकतालाई प्रतिनिधित्व गरेकाछन् त्यसको विकासका लागि प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पोखरेलले बताउनु भएको छ ।
मुख्यमन्त्रि शंकर पोखरेलले भने ‘हामीले सम्पदाको पहिचान गरिसकेको छौ त्यसर्थमा पनि यस क्षेत्रको संरक्षणमा स्थानियको महत्वपूर्ण कर्तव्य रहेको छन् ।’ सम्पदाको संरक्षण गर्न सकियो भने भविष्यमा यस क्षेत्रको महत्व र गरिमा बढ्ने उनले बताए । उनले भने तपाईहरुले आरौराकोट र निग्लिहवाको आशोक स्तम्भ संगैको पोखरी क्षेत्र सम्पदा क्षेत्रको रुपमा रहेको बताए ।
कपिलबस्तुको गोटिहवामा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाको लगतमा क्रकुछन्द बुद्धको मुर्ति सहितका बगैचा र आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रुपैयाको लगतमा कनकमुनि बुद्धको मुर्ति सहितको बगैचा निर्माण गरिएको छ । डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मुर्ति र बगैचा निर्माण गरिएको हो ।