साझा न्यूज । संवाददाता
कपिलबस्तु(तौलिहवा), असार २७ पेसागत विमा अभिकर्ता संघ बिमक समिती एल आइ सि नेपालको तौलिहवा शाखाको अध्यक्षमा दिपक कुमार पासी चयन भएका छन् । समितिले तौलिहवामा गरेको भेलाबाट दिपक कुमार पासी सहित सात सदस्यिय समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा शिबकान्त गुप्ता, सचिवमा कृष्ण धोवि, कोषाध्यक्षमा विजय कुमार पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा श्याम सुन्दर यादव, दिपेश यादव, सर्जु मणि तिवारी, राम नारायण मुराउ, दिनेश मौर्य, राम बृक्ष यादव र सन्तोस मल्लाह रहेका छन् । सल्लाहकारमा घनश्याम जयसवाल, घनश्याम चौवे र मनिराम पाण्डेयलाई चयन गरिएको हो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष पासीले हामी विच आउने समास्यलाई सहि तरिकाले सहजिकरण गरी लैजाने बताए । उनले वीमा पेशा अत्यन्तै संवेदनशिल पेशा भएकोले काम गर्दा धेरै सवाधनी अपनाएर गर्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पेशागत बिमा अभिकर्ता संघ बिमक समिती एल आइ सि नेपालका केन्द्रिय सह सचिब गोबिन्द प्रसाद गिरिले नवनिर्वाचित हुने पदाधिकारीहरुले सम्पूर्ण टिमलाई मिलाएर लैजान विश्वास व्यक्त गरेका छन् । केन्द्रले मागेको बेलामा महासंघले तोकेको निर्णयहरुलाई विधिवत र लिपिबद्ध गरेर लैजानु हुने उनले बताए ।