Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति : सरकारको सम्बन्धमा पार्टी निर्णयअनुसार अगाडि बढ्ने


एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति : सरकारको सम्बन्धमा पार्टी निर्णयअनुसार अगाडि बढ्ने

नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको हो ।

त्यसैगरी कार्यदलले सदस्यता नविकरणका लागि कार्यदल गठनको निर्णयसमेत गरेको छ । सबै निर्णय अनुमोदनका लागि लगिने प्रवक्ता ज्ञवालीले बताएका छन् ।

यस्तो छ १० बुँदे सहमति

– केही समययता पार्टीका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौँ ।

– पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

– २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् ।

– २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले)मा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरुलाई उहाँहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ ।

– पार्टीमा महत्वपूर्ण योगदान गर्नु भएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

– प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मवत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौँ ।

– पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

–यी निर्णयहरु आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान अधिवेशन आयोजना गरी प्रस्तुत गरिनेछ ।

– पार्टी, संसदीय दल जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकतावद्ध भइ आआफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

– कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिव कमरोडलाई अनुरोध गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

साढे ६ क्युन्टल रक्तचन्द सहीत ८ जना नियन्त्रणमा

भर्खरै प्रकाशित

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज