काठमाडौँ । राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गरेकी हुन्।
सरकारले यही असार १७ गतेदेखि राष्ट्रियसभाको अधिवेशन बाध्यात्मक रूपमा आह्वान गरेको थियो।
बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइए पनि त्यसअघि नै अधिवेशन अन्त्य गरिएको हो।
















































