काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्ने भएका छन् । उनले त्यसअघि स्थायी कमिटी बैठक पनि बोलाएका छन् ।
ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतको फैसलाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।