बुटवल । सर्वोच्च अदालतको फैसलाको विरोधमा बुटवलको ट्राफिक चोकमा केपी ओली पक्षीय युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् ।
ट्राफिक चोकमा भेलाभएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायत विरूद् नारावाजी गर्दै मसाल जुलुस निकालेका हुन् ।
साँझ निकालिएको मसाल जुलुसमा सुरक्षार्थ खटिएका प्रहरीले हस्तक्षेप गरी भिड तितर-वितर पार्ने कोसिस गरेका थिए ।
तस्वीर – सुरेश परियार/ बुटवल