काठमाडौं । मन्त्रिपरिषद् बैठक आज(बिहिबार) बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको आजको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको कार्कीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।
यसअतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल हुने कार्कीले बताउनुभयो ।