काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आजभेटवार्ता भएको छ ।
बिहीबार बिहान विप्लव र नेपालबीच वार्ता भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेपछि तीन शीर्ष नेताहरुको छलफल भएको हो ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार कोटेश्वरमा नेताहरुबीच समसामयिक राजनीतिक विषयबस्तुमा केन्द्रित रहेर छलफल गरेको हो ।
उनीहरुबीच एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको बताइएको छ । विप्लवको साथमा स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बिहीबार कोटेश्वर पुगेका हुन्
यसअघि बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच छुटाछुटै भेटवार्ता भएको थियो ।