काठमाडौं । सरकारको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद वैठक आह्वान गर्नुभएको छ ।
सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न गरेको सिफारिस अनुमोदन गर्नुभएको हो ।
२८ असारमा सर्वोच्चले संसद पुनःस्थापना गर्दै साउन तीन दिनभित्र संसद बोलाउन आदेश दिएको थियो ।