Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पक्राउ परेका छुट्न थालेपछि संरक्षणकर्मीको चिन्ता

Author Avatar साझा न्यूज 16th July 2021 , 11:12 AM
पक्राउ परेका छुट्न थालेपछि संरक्षणकर्मीको चिन्ता

चितवन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।

सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीलाई कडाभन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्यांक सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरू अदालतबाटै धमाधम छुट्न लागेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका हुन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतो, मिलीजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव कमानसिंह चौधरी र टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने संयुक्तरूपमा विज्ञप्ति जारी गरेका छन् ।

त्यस्तै क्षेत्रीय होटल सङ्घ नेपाल सौराहा चितवनका अध्यक्ष दीपक भट्टराई, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, नेचर गाइड एशोसिएशन सौराहाका अध्यक्ष राजेन्द्र धामी, बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, सौराहा हात्ती तथा जीप बुकिङ काउण्टरका सचिव राममणि खनाल र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमितिका सचिव रामचन्द्र सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त अदालतबाटै धमाधम छुट्न लागेकामा चिन्ता प्रकट गरेको हो ।

उनीहरुले एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने र त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका वन क्षेत्रमा मुख्य बासस्थान रहेकाले सम्पूर्ण सङ्घसंस्था र जनसमुदायलाई संरक्षणमा जुट्न अपिलसमेत गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले दुलर्भ वन्यजन्तु एकसिङ्गे गैँडा चोरी शिकारी गरेको अभियोगमा ११ जनालाई पक्राउ गरी अदालतमा पेश गरेकामा सात जना धरौटीमा रिहा भएका छन् । निकुञ्ज ऐनमा चोरी शिकार गरेकालाई १५ वर्षसम्म कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज