काठमाडौँ । नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले सर्वाेच्च अदालतले प्रधानमन्त्री नियुक्त नगरेको भइ यो देशमा संवैधानिक सर्वाेच्चता छ भनेर सिकाएको बताउनुभएको छ ।
विश्वासको मतको प्रस्तावमा प्रतिक्रिया दिदै नेकपा एमालेका सांसद प्रदीप ज्ञावलीले अदालतले प्रधानमन्त्री नियुक्त गरेको भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले अदालतले यो देशमा संविधान छ भनेर सचेत गराउएको बताउनुभयो ।
मिलेमतोमा मनलाग्दी गर्ने प्रबृतिलाई अदालतले शवक सिकाएको भन्दै उहाँले नेपाली काँग्रेस हारजित दुवै अवस्थामा शान्त रहने चरित्र बोकेको पार्टी भएको बताउनुभयो ।
कुनै पनि दललाई सानो भनेर नहेप्न सचेत गराउँदै उहाँले नउछालिएर बस्न प्रतिपक्ष दललाई आग्रह गर्नुभयो । अदालतलाई यो काम गरेकोमा संसदले सम्मान गनुपर्छ भन्दै उहाँले समुद्रभित्र धेरै नपस्न आग्रह गर्नुभयो ।
सत्ता भन्दा बाहिर भएपनि अहंकार नबोक्न आग्रह गर्दै उहाँले एमालेको गलत प्रवृतिको कारण आफ्नै दुई तिहाई गुमेको बताउनुभयो । उहाँले अब सत्ता कस्तो हुन्छ भनेर चिनाउने काम गरिने समेत बताउनुभयो ।
उहाँले एमालेलाई संविधान पढ्न समेत सुझाव दिदै ४७ को संविधानमा नभएको व्यवस्था अहिले ७६ को ५ मा राखिएको भन्दै भर्खरै सत्ताबाहिर रहेका एमाले सांसदहरुलाई संविधान पढ्न आग्रह गर्नुभयो ।
‘नेपालको अदालतले कठिन भन्दा कठिन समयमा पनि बाटो देखाएको छ’, उहाँले भन्नुभयो । देउवाले देखाएको नम्रतालाई कमजोरीको रुपमा ब्याख्या नगर्न समेत उहाँले चेतावनी दिनुभयो ।