काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।
राजेन्द्र महतो र महन्थ ठाकुरले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिनुभयो ।
सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस भनेर केही सांसद बाहिरिएको बताउनुभयो । विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने बताईएको छ ।