काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुयो ।
संसद बैठकमा बोल्दै उहाँले सरकारको प्राथमिकता खोप रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको पहिलो प्राथमिकता खोप दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप, खोप, खोप, उहाँले भन्नुभयो, विकास इज इम्पोर्टेन्ट, लाइफ इज मोर इम्पोर्टेन्ट!’
उहाँले राष्ट्रिय हितको निम्ती सबै दलसँग मिलेर काम गर्ने बताउँदै छिमेकसँग राम्रो सम्बन्ध स्थापना गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।