Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३ मत

Author Avatar साझा न्यूज 18th July 2021 , 10:18 PM
देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३ मत

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । यो सँगै उहाँको सरकार जोगिएको छ ।

२४९ जना उपस्थित भएकामा पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । त्यस्तै तटस्थमा जम्मा एक मत परेको छ ।

आइतवार पुनःस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकमै उहाँले विश्वासको मत पाउनुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री देउवालाई काँग्रेस, माअ‍ोवादी, जसपाको दुवै पक्ष, जनमोर्चा, एमाले र स्वतन्त्रले गरी सो मत प्राप्त भएको हो ।

विपक्षमा भने एमालेको संस्थापन पक्षका ८३ भोट आयो । जसमा माधव कुमार नेपाल पक्षका केही सांसदले पनि विपक्षमा मतदान गरेका छन् । यसअघि माधव नेपाल पक्षका नेता भीम रावलले भने यो राजनीतिक विकृत खेलबाट बाहिर आउने भन्दै राजीनामा दिनुभएको थियो । त्यस्तै ओली पक्षका नेताहरु ओली सरकारका वनमन्त्री प्रेम आले, धनबहादुर बुढा, गोपाल बम र तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि विश्वासको मत दिएका छन् ।

त्यस्तै एमालेको नेपाल समूहको अधिकांश नेताहरुले पनि देउवालाई मत आउने निश्चित भएको कारण पहिल्यै बैठक छोडेर हिडेका थिए । गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, दिपक भट्ट, नारायण खतिवडा लगायतका नेताहरु उठेर हिडेका हुन् ।

प्रधानमन्त्री देउवालाई जनता समाजवादी पार्टीको दुवै पक्षले मत दियो । प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गर्दै आईतवार जसपाको महन्थ ठाकुरलाई पत्राचार गर्नुभएको थियो । पत्राचारपछि बसेको महन्थ पक्षको आकस्मित बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद बैठकमा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले घायल भएरै भएपनि देउवालाई भोट दिने बताउनुभएको थियो ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले भने शुरूवात देखि नै ५ दलीय गठबन्धनमा सामेल हुँदै आएको छ । योसँगै देउवा नेतृत्वको सरकार कम्तीमा एक बर्षको निम्ती कुनै पनि हालतमा ढल्ने छैन । किनभने सरकार गठन भएको एक बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज