Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवालाई ढाका भ्रमणको निम्तो

Author Avatar साझा न्यूज 23rd July 2021 , 7:49 PM
प्रधानमन्त्री देउवालाई ढाका भ्रमणको निम्तो

काठमाडौँ । नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । साथै उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसद्मा श्री देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उनीमाथि विश्वास र भरोसाको प्रमाण भएको बताएका छन् । निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरे ।

बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरे ।

‘हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ’, आफ्नो देशले गरेको आर्थिक–सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

पचास वर्षअघि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला नेपाली काङ्ग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उनले सन्देशमा उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेका छन् । प्रधानमन्त्री देउवाको सुख, सुस्वास्थ्य र सफलताका साथै नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको कामना बङ्गलादेशका प्रधानमन्त्रीले गरेका छन् ।rss

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

भर्खरै प्रकाशित

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज