काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको छ।
















































