साझा न्यूज ।तौलिहवा
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी ६६ औ प्रहरी दिवसमा सम्मानित भएका छन् । उनलाई ६६ औ प्रहरी दिवसको अवसरमा पूर्ण शान्ती प्रहरी पुरस्कार २०७८ बाट सम्मानित गरिएको हो ।
आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरी समाजमा शान्ति स्थापनार्थ देखाउनुभएको अदम्य साहस, अटल निष्ठा र उच्च आदर्शका साथ समाजको लागि गर्नुभएको अतुलनिय योगदानको कदर स्वरुप भण्डारीलाई प्रहरी प्रधान कार्यालयले नक्सालमा सम्मान गरिएको हो ।