कपिलवस्तु २१ असोज
उमेर हदका कारण अनिवार्य अवकाश पाएका कपिलवस्तु नगरपालिकाका २ प्राबिधिक कर्मचारीको तौलिहवामा बिदाई गरिएको छ । नगरपालिकाले एक कार्यक्रमका बिच दोसल्ला र प्रशंसा पत्र प्रदान गरी ईन्जीनीयर चन्डी प्रसाद देव र सहायक ईन्जीनीय नारायण चौधरीलाई बिदाई गरिएको हो ।
मेयर किरण सिंह, उप मेयर लक्ष्मी गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दुबैलाई अबिर र टीका फुलमाला लगाई बिदाई गरेका थिए । सो अवसरमा मेयर सिंहले सेवानिवृत दुबै कर्मचारीले नगरपालिकामा लामो सयम ईमान्दारीपुवर्क सेवा गरेको बताए । उनले नगरपालिकाको विकास निर्माणमा समेत दुबैका योगादा रहेका भन्दै सुखदख भबिष्यका कामना गरेका थिए । कार्यक्रममा उप मेयर गुप्ताले सेवानिवृत हुनुलाई एक प्रकृया भन्दै उनले दुबै कर्मचारीले नगरपालिकामा कत्तब्र्यनिष्ट भएर काम गरेका बताईन ।
सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत पौडेलले सेवानिवृत कर्मचारीहरुले आफनो कार्यकालमा अनुशासित र ईमान्दारीपुवर्क काम गरको बताए । ढाई दशक भन्दा बढी सयम नगरपालिकामा आफनो अमुल्य समय दिएर सेवा गरेको दुबै जना कर्मचारीहरु मिलनसार रहेको र सेवाग्राहीबाट समेत खासै गुनासो समते नआएको उनले बताए ।
उनले दुबैलाई आगामी दिनमा रचनात्मक काममा लाग्न सुझाव दिए । कार्यक्रम प्रमुख प्रशाकीय अधिकृत पौडेलको अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको थियो । चौधरी गत असोज ४ र देव गत असोज १४ गते सेवानिवृत भएका थिए ।