कपिलवस्तु , कार्तिक ६
कपिलवस्तु नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश गैरेले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति ब्यहोरेका किसानलाई तत्कालै राहत प्याकेज र क्षतिपुर्ति दिन सरकारसँग माग गरेको छ ।
उनले क्षति विवरण संकलन गरी राहत घोषणा गर्न माग गरेका छन् । कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको अवस्थामा वर्षाको कारण किसान मारमा परेकाले तत्काल सरकारले किसानहरुको समस्या समाधान गर्न माग गरेका छन् । वडाअध्यक्ष गैरेले स्थानीय, प्रदेश र संघिय सरकार संग किसानलाई राहत दिन माग गरेका छन् ।
स्थानीय सरकारले क्षतीको विवरण संकलन गर्ने र प्रदेश र संघिय सरकारले राहत दिनुपर्ने उनले माग गरेका छन । अविरल वर्षाका कारण ठूलो मात्रामा धानबाली क्षति भएकाले अल्पकालीन र दीर्घकालीन प्याकेज घोषणा गर्न उनले सरकारसँग माग गरेको छ । केही दिनयताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुवानमा परेको छ ।
धान कटान गरि केही खेतमा र केही कटान हुन लागेको धानमा धेरै क्षती भएको कारण किसानहरु चिन्तित रहेकाले यसको क्षतिपुर्ती सरकारले दिएर किसानको पिडामा मलम लगाउनु उनले ईसाझा न्यूजलाई बताए । कपिलवस्तु नगरपालिका क्षेत्र भित्र धान खेतमा क्षति भएका कृषकहरुलाई सके जति क्षतिपुर्ति उपलब्ध गराउन आफुले पहल गनेृ उनले प्रतिबद्धता ब्यक्त गरे ।