काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रु १० ले वृद्धि भएर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।