Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुणस्तरहीन सामग्री उत्पादन गर्ने पाँच कम्पनीलाई कारवाही

Author Avatar साझा न्यूज 18th November 2021 , 7:52 AM
गुणस्तरहीन सामग्री उत्पादन गर्ने पाँच कम्पनीलाई कारवाही

काठमाडौँ । गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ ।गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले बुधवार एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ ।

बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो । कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमूना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन ।

विभागले तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ ।

कुनमा के गल्ती

मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरुप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

युनाइटेडले कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ फेला परेको परेको थियो । यसैैगरी, जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० फेला परेको थियो ।

श्री ग्यासको बोटलिङ बन्द

विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेशन नै बन्द गराएको छ । उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ ।

सो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिनुभयो । विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने भन्दै पत्रचार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज