काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा ८०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार कायम भएको छ।
हिजो ९३ हजार ८ सय रुपैया तोला किनबेच भएकोमा आज घटेको हो। यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।















































