कपिलबस्तु, पुस ७
कपिलबस्तु नगरपालिका वडा नं. ९ जग्दिशपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कपिलबस्तु नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंगको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाको विषयगत शाखाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत शाखाहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाख ज्ञवाली, लेखा अधिकृत बलराम न्यौपाने, सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, पुर्वधार विकास शाखाका प्रमुख राजेश शैनि वडा नं. ९ का वडा अध्यक्ष शिव वाग्ले लगायतले गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने बताए ।
कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षतामा भएको थियो ।