Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठाः आफन्तसँगै यौन सम्बन्ध बढ्दो

Author Avatar साझा न्यूज 22nd December 2021 , 8:01 PM
वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठाः आफन्तसँगै यौन सम्बन्ध बढ्दो

सप्तरी । राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ९ नाम परिवर्तन० को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो । श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले ।
उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन । सँगै श्रीमानका मितले पनि केही समस्या पर्दा पानोदेवीलाई सहयोग गर्दै आए । सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले । उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे ।

तर, पनि उनीहरूले दूरी कायम गर्न सकेनन् । जस कारण श्रीमान विदेश रहँदा भएको यौन चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन् । श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच यौन सम्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर यौन सम्बन्ध रहने गरेको छ ।

‘यौन चाहना सबैमा हुन्छ, नौ वर्ष भयो श्रीमान नआएको, उसले ९श्रीमानका मित० मलाई श्रीमानले भन्दा बढी माया गर्छ । हामी नजिक हुँदा जाँदा यौन सम्बन्ध पनि हुन थाल्यो । र अहिले पनि हामीबीच यौन सम्बन्ध हुने गरेको छ,’ पानोदेवी सुनाउँछिन् ।

उनीहरूबीचको सम्बन्धको आशंका पानोदेवीका सासुससुरालाई पनि रहेको बताउँछिन् । सासुससुरालाई छोराको मित आफ्नो घर आएर बुहारीको कोठामा घण्टौँसम्म बस्न थालेपछि बुहारी र सासुससुराबीच झगडा पनि हुने गरेको छ ।

‘यौन चाहना मार्न सकिँदो रहेनछ । घरमा सासुससुराले गाली गर्न थालेपछि बिरामी छु भन्ने बाहना बनाएर लजमा गएर मितसँग ९श्रीमानका मित० यौन चाहना मेटाउँदै आएकी छु,’ उनी भन्छिन् ।

उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा मात्र होइन समाजमा पनि कुरा काट्न थालेको पानोदेवी बताउँछिन् । तर, यौन इच्छा मार्न नसक्दा घर र समाजको प्रतिक्रियालाई बेवास्ता गरेर मितसँग यौन सम्बन्ध राख्दै आएको पानोदेवी सुनाउँछिन् ।

राजविराज नगरपालिका–२ कि ३६ वर्ष कल्पना यादव ९नाम परिवर्तन० को श्रीमान पनि वैदेशिक रोजगारका लागि विदेश गएको १५ वर्ष भयो । बुबा विदेश जाँदा एक वर्षको छोरा अहिले १६ वर्षको भयो । यसबीचमा उनलाई सुखदुःखमा साथ दिन भन्दै देवर नजिकिए ।

कल्पनालाई सहयोग गर्न उनको देवर अविवाहित हुन् । भाउजुलाई सहयोग गर्ने क्रममा नजिकिएका देवरसँग कल्पनाको यौन सम्बन्ध रहन थाल्यो । ‘यस्तो हुन्छ भनेर सोचेको थिइन,’ कल्पनाले भनिन्, ‘तर, नजिक हुने क्रममा यौन सम्बन्ध रहन गयो । यौन इच्छा धेरै दिन मार्न गाह्रो हुँदो रहेछ ।’

देवर आउँदा कसले शंका नगर्ने र मन मिलेपछि यौन सम्बन्ध रहन सजिलो भएको कल्पनाको अनुभव छ । उनी भन्छिन्, ‘घरमा निर्धक्क भएर आउन सक्ने मान्छे पाएको र मन मिलेपछि यौन सम्बन्ध हुन थाल्यो । छोरा विद्यालय गएका बेला देवरसँग यौन सम्बन्ध राख्ने गरेको छु ।’

वर्षमा एक महिनाका लागि आउने श्रीमानबाट सधैँका लागि यौन तृप्त हुन नसकिने कल्पना बताउँछिन् । ‘श्रीमान वर्षमा एक पटक एक महिनाका लागि आउनुहुन्छ,’ उनी भन्छिन्, ‘तर, फेरि श्रीमान विदेश गएपछि यौन चाहना बढ्ने त्यतिखेर देवरसँग यौन सम्बन्ध राख्छु ।’

यौन चाहना सबैको हुन्छ, कसैले दबाएर राख्छ, कसैले दबाउन नसकेर आफूले चाहेअनुसारको वातावरण र साथी पायो भने यौन सम्बन्ध राख्ने गरेका घटना देखिएको राजविराज नगरपालिका–१ कि कविता यादवले बताइन् ।

‘महिलालाई मात्र नभएर पुरूषलाई पनि यस्तो हुने गरेको छ । घरमा श्रीमती हुँदाहुँदै पनि अर्को महिलासँग सम्बन्ध राखेको देखिन्छ,’ उनले भनिन् । श्रीमती वैदेशिक रोजगारमा रहेका बेला स्वदेशमा रहेका श्रीमानले पनि परस्त्रीसँग यौन सम्बन्ध राख्ने गरेको केही घटना देखिन्छ । पुरुष वा महिलाले अवैध यौन सम्बन्ध राख्दा परिवारमा विचलन आउने गरेको छ । जनतापाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज