Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अख्तियारमा कपिलवस्तुका १ सय ४७ उजुरीः स्थानीय तहका मात्रै १२१

Author Avatar साझा न्यूज 23rd December 2021 , 8:49 PM
अख्तियारमा कपिलवस्तुका १ सय ४७ उजुरीः स्थानीय तहका मात्रै १२१

कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन्। चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७/०७८ मा ८८ उजुरी परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो।

आयोगको बुटवल कार्यालयका प्रमुख यागेन्द्रप्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए। लुम्बिनी प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहेको र सो जिल्लामा गत आव र यस आवमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन्। कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छ्यौट हुन बाँकी छन्।

यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छ्यौट भई ४ सय ८८ मुद्दा बाँकी छन्। अख्तियारमा परेका उजुरी मध्ये स्थनीय तहका १ सय २१ उजुरी छन्।

कपिलवस्तुको १० पालिका मध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा गत आव र चालु आव गरी ३१ वटा उजुरी परेका छन्। यस्तै यशोधरा गाउँपालिकामा २४, बिजयनगर गाउँपालिकामा १३, कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौ/नौ वटा, मायादेबी गाउँपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा छ/छ वटा तथा सुद्धोदन गाउँपालिकामा ५ वटा उजुरी परेको हो। जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहको संघीय मालिका सम्बन्धी ८८ वटा छन्।

यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परेका छन्। अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा १४ वटा बिषयबस्तु रहेका छन्। सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठले भ्रष्टाचार सबै ठाउँमा हुने गरेको भन्दै यसलाई समाधान गर्न तर्फ केन्द्रित हुनुपर्ने बताइन्। उनले सबैभन्दा बढी पहुँचमा रहेको व्यक्तिले नै भ्रष्टाचार गर्ने गरेको भन्दै त्यसको न्यूनीकरण र नियन्त्रणमा पनि ती व्यक्तिहरुको योगदान हुनुपर्ने बताइन्।

उनले अख्तियारले भ्रष्टाचारको अनुसन्धानकाक्रममा कागजपत्रहरु मागिए पनि समयमा उपलब्ध नगराइएकाले प्रमाण नष्ट हुने सम्भावना बढेको बताइन्। उनले अबदेखि तोकिएको समयमा कागजपत्र उपलब्ध नगराइए कारबाही गर्ने चेतावनी समेत दिइन्। उनले अख्तियारमा स्थानीय तहका मात्रै ३० हजार उजुरी परेको बताइन्।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले अहिले स्थानीय तहमा भ्रष्टाचार मौलाएको बताए। उनले स्थानीय तहमा भएको भ्रष्टचार रोक्न निकै चुनौती रहेको भन्दै कर्मचारीले जनप्रतिनिधिको दबावमा नभई नियमपूर्वक काम गर्नुपर्ने बताए। उनले वडाहरुमा उपभोक्ता समितिमा गठन गर्दा भाई भतिजाहरुलाई राख्ने गरिएकोमा यस तर्फ पनि विचार पुर्‍याउनु पर्ने बताए।

कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले प्रजिअलाई पनि भ्रष्टाचार सम्बन्धी उजुरी लिएर अख्तियारमा पठाउने अधिकार दिइनु पर्ने बताए। उनले उपभोक्ता समिति एउटै मान्छे दुई तीन ठाउँको अध्यक्ष हुने गरेकोले यसले पनि भ्रष्टाचारमा टेवा पुगेको बताए। उनले एक नम्बरमा लोक सेवा आयोगबाट पास गरेका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको पाइएकाले कर्मचारीहरुले यस तर्फ बिचार पुर्‍याउनु पर्ने बताए।

कार्यक्रममा अख्तियार बुटवलका ईडि दयाराम श्रेष्ठले अख्तियारका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बाग्मती सरसफाई अभियानका अभियन्ता डाक्टर राजु अधिकारीले प्रेरणामुलक प्रस्तुती गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज