काठमाडौं । गुरुङ जातिको मुख्य चाड तमू ल्होछार यो वर्ष पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । तमू ल्होछार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ल्होछार कार्यक्रमको सबै तयारी पुरा भएको जनाएको हो ।
मुल आयोजक समितिका महासचिव लोक बहादुर तमुले पुस १३, १४ र १५ गते तीन दिन काठमाडौंको टुडिखेलमा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
पुष १४ गते नृत्य प्रतियोगिता हुने र १५ गते राजधानीमा रहेका तमू अर्थात गुरुङहरु टुडीखेलमा भेला भएर ल्होछार मनाइने आयोजकले जनाएका छन् । गुरुङ जातिले ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेको उनले बताए ।
समितिले समूदायको बिशेष चाडमा बिदा नदिएको भन्दै ल्होछारलाई आन्दोलनको रुपमा नै बनाउने चेतावनी दिएको छ ।
















































