काठमाडौँ – सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। बिहीबार ९२ हजार १०० रुपैयाँ तोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार ९२ हजार ७०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको शुक्रबारको मूल्य ९२ हजार २०० रुपैयाँ रहेको छ।
यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।