Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उखुबारीमा भेटिएका दुई शव एक जग्गा कारोवारी श्रेष्ठको भएको खुल्यौ, अर्को पहिचान हुन बाँकी

Author Avatar साझा न्यूज 31st January 2022 , 12:33 PM
उखुबारीमा भेटिएका दुई शव एक जग्गा कारोवारी श्रेष्ठको  भएको  खुल्यौ, अर्को पहिचान हुन बाँकी

मोरङ- मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा भेटिएको एउटा शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार बिहीबार उखुबारीस्थित खाडलमा भेटिएको शव ४९ वर्षीय राजेन्द्रप्रसाद श्रेष्ठको रहेको छ।

शवको प्यान्टमा भेटिएको पर्स र लाइसेन्सका आधारमा प्रहरीले श्रेष्ठका आफन्तसँग सम्पर्क गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

भक्तपुरमा परिवार बसोबास गर्दै आएको भएपनि श्रेष्ठ सुनसरीको धरान ३ मा बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको उनले जानकारी दिए। जग्गाको कारोबार गर्दै आएका श्रेष्ठ गत मंसिर ४ गते नै काम मिलाउन भन्दै धरान आएको श्रेष्ठका आफन्तले जनाएका छन्।

परिवार सदस्यका अनुसार जग्गा कारोबारमा लाग्दै आएका श्रेष्ठले झापामा करिब १८ विगाह क्षेत्रफल प्लटिङ गर्दै आएका थिए।

करिब ५ फिट गहिरो खाडलमा शव कुहिसकेको अवस्थामा भेटिएको बताएका प्रहरी प्रवक्ता श्रेष्ठले शवसँगै पहिचान खुल्ने कागजपत्रका आधारमा परिवारका सदस्यलाई सम्पर्क गरिएको जानकारी दिएका छन्।

यसक्रममा प्रहरीले भक्तपुरमा बसोबास गर्दै आएकी उनको श्रीमती विराटनगर आउने क्रममा रहेको र धरानस्थित आफ्न्त प्रहरी सम्पर्कमा आइसकेको उनको भनाइ छ।

प्रहरीले बुधबार राति स्थानीयको सूचनामा उखुबारीमा देखिएको खाडल खनेको थियो। सो खाडलमा करिब ३५ वर्षीय पुरुषको शव गलिसकेको अवस्थामा फेला परेको थियो।

सोही क्रममा बिहीबार पुनः घटनास्थल नजिक करिब ५० मिटरको दुरीमा अर्को खाडल भेटिएपछि प्रहरीले उत्खनन् गरेको थियो। सो खाडलमा श्रेष्ठको शव फेला परेको हो। श्रेष्ठका श्रीमतीसँगै दुई छोरा र एक छोरी रहेको खुलेको छ। प्रवक्ता श्रेष्ठका अनुसार बुधबार राति फेला परेको शवबारे थप अनुसन्धान भइरहेको भए पनि पहिचान हुन सकेको छैन।

हाल दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज