Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दूधको मूल्य प्रति लिटर ६.५२ रूपैयाँले बढ्यो

Author Avatar साझा न्यूज 1st February 2022 , 11:48 AM
दूधको मूल्य प्रति लिटर ६.५२ रूपैयाँले बढ्यो

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य समेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले दिएको राय सुझावसहितको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन ।

दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्याङ्क छ । उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैसीको छ। दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो । राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दूधको उत्पादन र उत्पादकत्ववृद्धि गरी देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ ।

दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरी गरिबी निवारणको उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । प्रतिवेदनमा उल्लेखित तथ्यांक अनुसार हाल वार्षिक रूपमा औषत २ अर्ब रूपैयाँ बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदैआएको छ । चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिक रूपमा चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज