Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रचण्डका कारण बालुवाटारबाट बाहिरिएका ओलीको प्रचण्डसँग बालुवाटारमै पहिलो औपचारिक भेट


प्रचण्डका कारण बालुवाटारबाट बाहिरिएका ओलीको प्रचण्डसँग बालुवाटारमै पहिलो औपचारिक भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् ।

यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।

नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन ।

प्रचण्डको कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नुपरेको थियो । प्रचण्ड र माधव कुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो जसको अध्यक्ष ओली र प्रचण्ड रहेका थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।

त्यसपछि तत्कालीन एमाले नेता माधव कुमार नेपालले एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो ।

प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । आज प्रधानमन्त्री देउवाले समसामयिक विषयमा छलफल बालुवाटार बोलाएपछि ओली र प्रचण्ड आम्नेसाम्ने भएका हुन् ।

यो सात महिनाको अवधिमा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको आलोचना गर्दै आएका थिए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन् ।

तीन प्रमुख पार्टीका अध्यक्षहरूको बैठक यस्तो दिनमा भइरहेको छ जुन दिन देउवा र प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी नेपालको संसदबाट फागुन १७ गते भित्र अनुमोदन गर्ने प्रतिबद्धता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि