Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई-पासपोर्ट जारी गरिने


एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई-पासपोर्ट जारी गरिने

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ ।

विभागले ई-पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए ।

‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई-पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘ई-पासपोर्ट जारी गर्न आवश्यक पर्ने सामाग्री नियोगहरुमा पठाउन थालेका छौं ।’

एमआरपी बन्द गरी विभागले गत मंसिर १ गतेबाट ई-पासपोर्ट जारी गर्न सुरु गरेको थियो । सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट प्रदान गरिएको थियो ।

यसअघि विभागले ७७ जिल्ला र विदेशस्थित सबै नेपाली नियोगबाट एमआरपी जारी गर्दै आएको थियो । ई-पासपोर्ट जारी भएपछि नियोगबाट नयाँ पासपोर्ट जारी नहुँदा विदेशमा रहेका हजारौं नेपाली अप्ठेरोमा परेका थिए ।

‘पासपोर्टका कारण नेपालीलाई अप्ठेरो नपरोस् भनेर सबैभन्दा पहिले धेरै नेपाली रहेका देशस्थित नेपाली नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी हाम्रो छ,’ महानिर्देशक अर्यालले भने ।

हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महाबाणिज्य दूतावास रहेका छन् । विभागले ई-पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ ।

आइतबार कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट इ-पासपोर्ट सफलतापूर्वक छापिएको थियो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो इ-पासपोर्ट हो । सफल परिक्षण भएसँगै इ–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ ।

‘खाडी राष्ट्रमा रहेका नेपाली नियोगबाट इ-पासपोर्ट जारी गर्न आवश्यक पर्ने सम्पूर्ण सामाग्री यहाँबाट पठाइसकेका छौं । सामाग्री यही जडान गरेर पठाएका छौं,’ महानिर्देशक अर्यालले भने ।

आज (सोमबार)बाट साउदी अरबको जेद्दास्थित नेपाली महाबाणिज्य दूतावासबाट इ-पासपोर्ट जारी गर्ने उनले जनाए । युनाइटेड अरब इमिरेट्सस्थित नेपाली दूतावासबाट मंगलबारबाट इ-पासपोर्ट जारी गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

मलेसियास्थित नेपाली दूतावासबाट छिट्टै ई-पासपोर्ट जारी गरिने तयारी भइरहेको छ । आवश्यक पर्ने सबै सामाग्री मलेसियास्थित दूतावास पुगीसकेको महानिर्देशक अर्यालले बताए ।

नेपालभित्र अहिले ४२ वटा जिल्लाबाट ई-पासपोर्ट जारी गर्न सुरु गरिएको छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाबाट अहिले ई-पासपोर्ट जारी भइरहेको छ ।

अहिले विभागमा ई-पासपोर्टको लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको महानिर्देशक अर्यालले जानकारी दिए । जिल्ला र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ । विभागबाट ई-पासपोर्ट बनेर जिल्ला जान एक देखि डेढ हप्ता लाग्ने गरेको उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि