Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ?

Author Avatar साझा न्यूज 17th February 2022 , 1:00 PM
उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ?

-प्रीति रमण

जसपा निर्माण भएपछि मैले लेखका शब्दहरुको सम्झना भइरहेको छ । ‘जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !’ भनेर मैले लेखेकी थिएँ । केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेर त्यस सरकारमा सहभागिता जनाउने वा प्रतिनिनिधिसभा विघटनको विषयमा ओलीको विरोधमा लाग्ने भन्ने विषयले जनता समाजवादी पार्टीका नेताहरुलाई विभाजित बनाएको थियो ।

तर प्रतिनिधिसभा पुनस्र्थापनासँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा संसदभित्र जनता समाजवादी पार्टीका नेताहरु बीच मत मिलेको देखिएको थियो । विभाजनको त्रास घटेको थियो । पार्टीका कार्यकर्ताहरुमा उत्साहको सञ्चार पनि गराएको थियो । सम्भवतः पार्टी नफुटे हुन्थ्यो भन्ने कार्यकर्ताहरुलाई नेताहरु बीचको त्यो मिलनले सबै भन्दा खुशीको क्षण हुन पुगेको थियो । तर जसपा पूmटेरै छोडयो र फेरि अर्को पटक पूmटको संघारमा पुगेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो छुट्ट पार्टी बनाएर मिठो पक्वान्न भोजन गर्दै हुनुहुन्छ होला ! यता पूmटेपछिको जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि पूmटको चाहना देखा परेको छ । पूmटको श्रृंखलाले नेताहरुलाई चाहना पूरा गराउला नै, तर जनतामा निराशा आउने निश्चित छ । नेकपा एमाले विभाजित भएपछिको अवस्था हामी सबैले देखेका छौं । केपी ओलीले दुई तिहाई बहुमत निकटको सरकारको नेतृत्व पनि गर्नु भएकै हो ।

सरकारको शक्तिसाली प्रधानमन्त्री बनेपछि ओलीमा विकसित भएको अहंकारले सत्तासीन डबल नेकपालाई दुर्घटनाग्रस्त बनायो र पार्टीलाई विभाजित बनाएको छ । जनता समाजवादी पार्टीको विभाजन कुनै कारणबाट पनि आवश्यक थिएन, तर अव त्यो पार्टीको एकताको कुनै सम्भावना छैन । बरु फेरि पूmटको सुरुवात भइरहेको छ । जसपाका नेताहरुका राजनीतिक, सामाजिक, सांस्कृतिक र भौगोलिक लगायतका सबैखालका देश र जनतासँग जोडिएका मुद्दाहरुमा समानता थियो नै । आन्तरिक विवाद के थिए भन्ने कुरा जसपाका नेताहरुलाई नै थाहा होला । तर विभाजन रहर होइन बाध्यता हो भन्दा भन्दै नेताहरु तीन टुक्रामा विभाजित भइसकेका छन् ।

डबल नेकपामा विकसित भएको विभाजनले ६ वटा प्रदेशमा सरकारको नेतृत्व गुमेको छ भने केन्द्रमा समेत सरकारको नेतृत्व गुमाउनु परेको मात्रै हैन अव फेरि सत्तामा जाने सम्भावना त्यस पार्टीका लागि असम्भव भएको छ । देशको आवश्यकता र जनताका चाहना बिपरित नेताहरुले गतिविधि गर्न थालेपछि र पार्टीले अपनाएको राजनीतिक गन्तव्य विपरित चल्न खोजेपछि दुर्घटना हुँदोरहेछ भन्ने कुरा बलियो प्रधानमन्त्रीको रुपमा सबैले स्वीकार गरेका केपी ओलीको आजको अवस्थाले स्पष्ट गरिरहेको छ । ओलीको अवस्थासँगै प्रचण्ड र माधव नेपालको अवस्थाबाट पनि सबैले शिक्षा लिनु जरुरी छ ।

जसपाका नेताहरुले पटक–पटक संविधान संशोधन गरिनुपर्ने आवाज उठाइरहेका थिए । संविधानको प्रस्तावनामा व्यवस्था गरिएको ‘समाजवाद’ शब्दको व्याख्या गर्न अथवा त्यो शब्दलाई व्यवहारमा सम्बोधन गर्न प्रयास हुने हो भने नेपाली जनताका चाहना पूरा हुनेछन् । तर राजनीतिक दलका नेताहरुले आफ्नै चाहनालाई मात्र ध्यान दिइरहेका छन् । राजनीतिक आवरणमा भ्रष्टहरुलाई राजनीतिको पदीय जिम्मेवारी सुम्पिने र जनताका विरुद्ध गतिविधि गर्ने काम भइरहेको छ । जनता समाजवादी पार्टी, पूmटेपछि लोकतान्त्रिक समाजवादी पार्टी ! महन्थजी र उपेन्द्रजीलाई ‘समाजवाद’ शब्दप्रति अभैm पनि मोह छ भन्ने स्पष्ट हुन्छ । संविधानमा ‘समाजवाद’ लेखिएको छ । पार्टीको नाम पनि ‘समाजवाद’ संग जोडिएको छ ।

पार्टीका विधानमा ‘समाजवाद’ शब्दहरु व्यवस्थित गरिएका छन् । तर समाजवाद कता छ कता ? नेताहरुलाई ‘समाजवाद’ आइरहेको छ । जनतालाई ‘समाजवाद’ धेरै दुर्लभ छ । दुर्लभ मात्र होइन, असम्भव नै देखिएको छ । समाजवादी व्यवस्थाबाट जनताले प्राप्त गर्ने अवसरका साथै देशले विकासमा फड्को मार्ने अवस्था पनि रहन्छ । ‘समाजवाद’ प्राप्तिको निम्ति जसपा विभाजित भएर लोसपाको गठन नै आवश्यक थिएन । अव फेरि जसपाको विभाजनको बाजा बजिरहेको छ । यो जनताको निम्ति आवश्यक छैन । जनतालाई निरास बनाउने र जसपाबाट जनतालाई विकर्सित गराउने खेल मात्र हो ।

विदेशी शक्तिका चाहना पूरा गराउनकै निम्ति पार्टीको विभाजन गराएर जनतालाई कमजोर बनाउने नेताहरुको निर्लज्ज व्यवहारले कहिलेसम्म निरन्तरता पाउने होला खै ? गन्तव्य ‘समाजवाद’ मा इमान्दारिता देखाएर जनताका आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने हो भने जसपा वा लोसपाको लोकप्रियताका सामू अरु सबै राजनीतिक दलहरु कमजोर बन्ने निश्चित छ । र साथै राजनीतिक धुव्रीकरणको बाटो पनि गन्तव्य ‘समाजवाद’ ले नै निर्धारण गर्ने छ । कम्युनिष्ट आवरणको पार्टीलाई दुई तिहाई नजिकको बहुमत दिएका जनताले अवश्य पनि ‘समाजवाद’ को चाहना गरेका थिए ।

तर उनीहरु पनि जनतालाई निरास बनाएर जनताबाट टाढिएका छन् । दुई तिहाई बहुमतको दम्भले राजनीतिक आदर्श भुलेपछि अहिले उनीहरुलाई पश्चाताप मात्र हात लागेको छ । ‘समाजवाद’ प्राप्त गर्ने र देश बनाउने अवसर उनीहरुले गुमाएका छन् । समाजवाद स्थापनाका सवालमा जसपाको सम्पूर्ण शक्ति लगानी गर्ने हो भने संविधानसम्मत पनि हुने र साथै देशको समृद्धि र जनताको आवश्यकता पनि पूरा हुने हुन्छ । त्यसो हुनासाथ जसपाको पक्षमा देशव्यापी लहर सृजना हुने कुरामा कुनै दुविधा रहने छैन । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ? के चाहिएको हो ? जनताका निम्ति राजनीति गरिएको हो भने जनतालाई समाजवाद चाहिएको छ । यति बुझे पुग्छ ।-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज