काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।
बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।















































