Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भाउजुको हत्या आरोपमा देवर पक्राउ

Author Avatar साझा न्यूज 21st February 2022 , 7:43 PM
भाउजुको हत्या आरोपमा देवर पक्राउ

कपिलबस्तु, फागुन ९
कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् । यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो ।
एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ ।
आफ्नी श्रीमती माइत गएका बेला शम्भु त्यसदिन राति मादक पदार्थ सेवन गरेर यशोदाको कोठामा पुगेका थिए । सुरूमा सहमतिमै शारीरिक सम्पर्क भएको शम्भुले बताएका छन् । दोस्रोपटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोदाले प्रतिकार गरेकी थिइन् ।
‘प्रतिकार गरी म हल्ला गर्छु भनेपछि बोल्न नसकुन् भनी घाँटी थिचेर हत्या गरेको उनले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने ।
शम्भु घर बनाउने काम गर्छन्। घटना हुनुभन्दा केही समयअघि उनकी श्रीमतीसँग झगडा भएको थियो। झगडा भएपछि उनी माइत गएकी थिइन् । यशोदाको शव फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरीक्षक केशवराज ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।
अनुसन्धान समितिले सम्भावित व्यक्तिहरूको पहिचान गर्ने क्रममा शम्भुलाई पक्राउ गरेको भण्डारीले बताए । पोष्टमार्टम रिपोर्टमा यशोदाको स्वास नलीमा अवरोध भएर मृत्यु भएको खुलेको थियो । पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज