Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवाको यस्तो प्रस्ताव ओलीले गरे ठाडै अस्वीकार, प्रचण्ड-नेपाल खुशी


प्रधानमन्त्री देउवाको यस्तो प्रस्ताव ओलीले गरे ठाडै अस्वीकार, प्रचण्ड-नेपाल खुशी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् ।

वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी भएका थिए । यसैगरी वार्तामा एमाले उपाध्यक्ष विष्णु पौडेलपनि सहभागी रहेको थिए । यस्तै वार्तामा कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका थिए।

करिब दुई घण्टा लामो वार्तापछि नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री र ओलीबीच एमसीसीसहित अन्य समसामयिक विषयमा छलफल भएको छ। संसदमा पेश भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधूपमा सत्तारुढ नेपाली कांग्रेस रहेका बेला ओली आज देउवा भेट्न बालुवाटार पुगेका हुन्।

भेटका क्रममा प्रधानमन्त्रीले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने बताएका छन् ।

एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो।

आइतवार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो।

संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न तयार रहेको बताएका थिए।

अहिले प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने विकल्प खोजिरहेका छन्। उनी सकेसम्म सत्तारुढ दलबाटै एमसीसी पास गराउने योजनामा छन्। तर माओवादी र समाजवादीले पक्षमा मतदान गर्ने ग्यारेन्टी नभएमा उनी एमालेको साथ लिएर पनि एमसीसी पास गर्ने दाउमा छन्।

तर उता प्रमुख प्रतिपक्षी दलका नेता ओली गठबन्धन टुटाउने शर्तमा ओलीलाई सघाउन तयार भएका छन्। तर देउवाले गठबन्धन टुटाउने सम्भावना कम रहेको सत्तारुढ नेताहरु बताउँछन्।

मंगलबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले चितवन पुगेर एमसीसीको पक्षमा मतदान नभएमा सत्तारुढ गठबन्धन तोडिने बताएका छन्। उनले एमसीसीको पक्षमा सत्तारुढ सबै दल एक नभएमा गठबन्धन भनेर कांग्रेस बस्न नसक्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि