-संजय कुशवाहा /नवलपरासी
पश्चिम नवलपरासीमा विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट २०६९ सालदेखि २०७१ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिइएका छन् ।
ईलाका प्रहरी कार्यालय सुनवलले सुनवल नगरपालिका अन्तर्गत एरियाबाट ६ जना वन मुद्धामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको हो ।
४ महिना २४ दिन कैद र ८९ हजार हजार ५ सय २७ रुपैयाँ जरिवाना रहेको ६ जना फरार अभियुक्तहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको सुचना अधिकारी शाहीले बताउनुभयो
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्दाका १५४ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।