एनआरएनए जापानका सस्थापक अध्यक्ष राजन प्रधानाङ्गले जापानमा कार्यरत पत्रकारलाइ लक्षित गरी आपत्ति जनक अपिल प्रकाशन गरेको भन्दै पत्रकार महासंघ जापान शाखाले आपत्ति जनाएको छ ।
महासंघ अध्यक्ष मोहन घलेले एक बिज्ञप्ति प्रकाशित गर्दै एनआरएनए जस्तो गरिमामय सस्थाको संस्थापक अध्यक्ष भईसकेको र समाजको अविभावक जस्तो सम्मानित व्यक्तिले आधारहीन, तथ्यहीन र मिथ्या आरोप लगाउनु निकै गम्भीर बिषय भएकाले यसलाई ‘भवितव्य’ मान्न भन्न नसकिने बताएका हुन ।
सामाजिक सन्जालमा पत्रकारहरुले प्रधानाङ्गद्वारा प्रकाशित उक्त बिज्ञप्तीमा उल्लेख गरिएका शब्दहरुप्रती आपत्ति जनाएपछी केही संसोधन सहित पुन: बिज्ञप्ती जारी गरिएको थियो ।
‘पत्रकार साथीहरुको आलोचना पछी केही संसोधन त गरिएको छ’ अध्यक्ष घलेले भने ’तर आर्थिक प्रलोभनमा परि समाचार लेख्छन भन्ने आसय अझै करेक्सन भएको छैन, त्यो करेक्सन गर्न र आम संचारकर्मीहरु समक्ष माफी माग्न अनुरोध गर्दछु ।’ गल्ती नसच्चाए अर्को कदम चाल्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।