Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘ हात्तीपाईले र कुष्ठरोग निवारणकालागि साझा प्रयास आवश्यक ’

Author Avatar साझा न्यूज 25th February 2022 , 4:55 PM
‘ हात्तीपाईले र कुष्ठरोग निवारणकालागि साझा प्रयास आवश्यक ’

कपिलवस्तु १३ फागु्न
कपिलवस्तुमा बर्षो देखि अभियान चलाइए पनि निर्मुल हुन नसकेको हात्तीपाईले र कुष्ठरोगको निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिका– २ गोरुसिगं स्थित संपन्न एक कार्यक्रममा औल्याइएको छ ।
फेरमेड फाउन्डेशन नेपालको सहयोगमा जिल्लामा संचालित आधारभुत परियोजना सम्बन्धी जिल्ला परियोजना सल्लाहकार बैठकमा सो कुरा औल्याइएको हो । प्रजिअ चक्रपाणी पाण्डेयले हात्तीपाईले र कुष्ठरोग निवारणका लागि कपिलवस्तुमा लामो सयम देखि चलाइएको अभियान प्रभावकारी नहुदा ती रोगका रोगीहरु अझै सम्म जिल्लामा फेला परीरहेको बताए ।
अझै थुप्रै हात्तीपाईले र कुष्ठरोगीहरु समाजमा लुकेर बसेका छन तिनिहरुलाई बाहिर ल्याउन जरुरी रहेको बताए । ती रोग बिरुद्ध निःशुल्क औाषधी बितरण गरिए पनि सबैले सेवन नगर्दा दुबै रोगहरु अझै सम्म देखा परेको उनले बताए । जिल्लाको महराजगंज र कृष्णनग नगरपालिका एक महिना अघि ६ सय बढीमा गरिएको नमुना सर्वेमा ८ प्रतिशतमा हात्तीपाईलेको जीवाणु फेला परेको थियो ।
जबकी जिल्लामा हात्तीपाइले बिरुद्ध १३ औ चरणको अभियान संपन्न भई सकेको छ । यस्तै कुठरोगलाई १ प्रतिशत भन्दा कममा झार्ने योजना रहे पनि अझै सम्म २ प्रतिशत भन्दा बढी कुष्ठरोगी फेला परेका छन । प्रति १० हजारमा एक जना भन्दा कम मा झार्ने सरकारी योजना रहे पनि औषधी सेवन प्रभावकारी नहुदा समस्या भएको प्रजिअ पाण्डेयले बताए । अब रोग निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उनले बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछि परेको कपिलवस्तुमा अझै सम्म हात्तीपाईले र कुष्ठरोग निमुल ह्ुन नसक्नुु दुःखद कुरा भएको बताए । शिक्षा क्षेत्रका विकास नभई सो रोग बिरुद्ध पार पाउन मुस्किल रहेको भन्दै उनले तिनै तहका सरकारले कपिलवस्तुको शिक्षाको विकासमा लगानी बढाउनु पर्ने बताए । उनले सबै पालिका सहीत सरोकारवालाहरुले सो रोग बिरुद्धको अभियानमा साथ दिन आग्रह गरे ।
सो अवसरमा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले नागरिकहरुले औषधी सेवन नगर्दा यो रोग अझै बल्झिएको बताए । उनले २ बर्ष सम्म औाषधी सेवन गरिए हात्तीपाईल रोग नलाग्ने भन्दै सबैले ईमान्दारीपुवक औषधी सेवन गर्नु पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले हात्तीपाईले र कुष्ठरोग बिरुद्धको महाअभियानमा आफुहरुको पुरा साथ रहेको प्रतिबद्धता ब्यक्त गरे । ‘हामीले अभियानमा सबै किसिमको साथ दिन्छौ ’ उनले भने ।
सो अवसरमा फेरयमेडका परियोजा संयोजक शशीलाल कर्णले हात्तीपाईले रोग बिरुद्धको यस बर्ष देखि खुवाईने औषधी ९८ प्रतिशत प्रभावकारी रहेकोले ढुक्कसंग औषधी सेवन गर्न आग्रह गरे । गर्भवति र सिकिस्त बिरामी बाहेक अरु सबैले आषधी सेवन गर्न मिल्ने भन्दै औषधीले मलेरिया, जुका लुता लागतयका रोगकालागि उपयोगी हुने बताए ।
कपिलवस्तुमा हात्तीपाईले बिरुद्ध यही फागुन २८ गते अभियान संचालन हुदैछ । सो अवसरमा परियोजना अधिकृत निशान गुरुङले सन २०२१ मा परियोजनाबाट संपन्न गरिएको क्रियाकलाप र उपलब्धीका बिषयमा जानकारी गराएका थिए । परियोजानाले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा सन २०१९ देखि २०२२ सम्म काम गर्ने योजना छ । जिल्ला समवन्य समितिका प्रमुख खनालको अध्यक्षता, परियोजना अधिकृत गुरुङको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष प्रवीण श्रीवास्तव, कालिकाकी अध्यक्ष अन्जु शर्मा, हात्तीपाईले र कुष्ठरोगी गर्भा थारुले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज