Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेस र एमालेको बैठक बिना कुनै निष्कर्ष टुंगियो, ओलीको पुरानै अडान


काँग्रेस र एमालेको बैठक बिना कुनै निष्कर्ष टुंगियो, ओलीको पुरानै अडान

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन्।

बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ।  बालकोटमा पनि ओलीले पुरानै अडान दोहोर्‍याएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

‘प्रमले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ, हामीलाई संसद्‌मा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो,’ कार्कीले भने।

छलफलका क्रममा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि आफूहरु (कांग्रेस–एमाले) एक ठाउँ उभिनुपर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ।

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

अबको दुई दिनमा अमेरिकी सहायता परियोजना एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिमा सम्भावित खाका तय गर्नका लागि पहिले नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए।

देउवासहित एमालेसँग वार्ताका लागि सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि सहभागी रहेका थिए ।

त्यस्तै एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए। कार्कीले देउवाभन्दा आधा घण्टाअघि बालकोट पुगेर ओली र एमालेका अन्य शीर्ष नेताहरुसँग संवाद गरेका थिए।

बिहीबार भएको एमाले र कांग्रेस नेतृत्वको दुई चरणको वार्तामा राष्ट्रपतिको प्रसंग निस्किएको थियो। ओलीसहित एमाले नेताहरूसँगको वार्तामा देउवाले एमसीसी पारितका राष्ट्रपति विद्यादेवी भण्डारीको रोहबरमा सहमति गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ।

तर बिहीबारका दुई चरणका वार्ता सफल नभएपछि देउवाले शुक्रबार सत्तारुढ गठबन्धनकै दुई नेतासँग बालुवाटारमा वार्ता गरेका थिए।

शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता गरेका देउवाले अपरान्ह माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका थिए। दुई नेताबीचको कुराकानीका क्रममा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए।

एमसीसीलाई निर्णायक रुपमा संसदबाट पास गर्ने तयारीमा रहेका देउवा गठबन्धनकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मत दिने निर्णय गरेपछि समस्यामा छन्। शुक्रबारको कोसिसमा पनि गठबन्धनमा सहमति नभएपछि देउवाले फेरि एमालेसँग संवाद अघि बढाएका हुन्।

वार्तामा एमालेले एमसीसीमा कांग्रेसलाई साथ दिन सकिने तर सभामुख हटाउनुपर्ने, माधव नेपालसहितका १४ सांसदको पद खारेज हुनुपर्ने र गठबन्धन भत्किनुपर्ने सर्त राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि