काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बम राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ।
काभ्रे घर भएका सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए । उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
गत सोमबार बिहान संसद् भवनको मुख्य गेट अगाडि सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो। उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको टोलीलाई खवर गरिएको थियो। खवर पच्चात नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गर्ने क्रममा उक्त कुकुर भित्र इँटा र कागजका टुक्रा फेला परेका थिए।