Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुख्खा मौसम सुरु भएसँगै लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रसहित दुई सय हेक्टर वन क्षेत्रमा डढेलो


सुख्खा मौसम सुरु भएसँगै लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रसहित दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो ।

वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले जानकारी दिए ।

‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएको सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ ।’

लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-२ को खैदीस्थित जंगलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन् । भीरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि स्रोत साधन नहुँदा समस्या रहेको बताइएको छ ।

यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

वनजंगलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । वनजंगलमा डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि