वविता गिरी, तौलिहवा। कपिलवस्तु जिल्लामा २०७८-फाल्गुन-२८ गते देखि हात्तीपाईले बिरुद्धको अभियान शुरु भएको छ ।
अभियान शुरु भए संगै अभियानलाई सफल पार्नको लागि गाउँ तथा समुदायमा हात्तिपाईले रोग सम्बन्धी सडक नाटक गरी सचेतना फैलाउने काम पनि शुरू भएको छ ।
फेयर मेडको सहयोग र कालिका स्वालम्वन सामाजिक केन्द्र तौलिहवाको आयोजनामा कपिलवस्तु नगरपालिका वार्ड नं ५ डंगरीमा रहेको बुद्ध थिएटर का कलाकारहरु द्वारा जिल्लाको कृष्णानगर नगरपालिकाको झिङहा चौराहा, बहादुरगंज चौराहा र महाराजगंज चौराहामा , मायादेवी गाउँपालिका पकड़ी चौराहा, शुद्धोधन गाउँपालिको महादेव गाउँ र मायादेवी गाउँपालिका बनकशिहा लगाएतका गाउँ तथा चौराहामा प्रदर्शन गरिएको थियो ।
“जीवन कय दवाई” नामक सडक नाटक विषेश गरि हात्तिपाईले रोग विरुद्धको औषधीको आवश्यकता, सेवन गर्ने तरिका, र औषधी क कस्ले सेवन गर्न हुने र क कस्ले सेवन गर्न नहुने भन्ने कुरा नाटकमा देखाईएको नाटकका निर्देशक अरबिंद कुमार मौर्यले बनाउनु भयो।
रोग प्रतिको गम्भीरता नबुझेको र मानिसहरुमा औषधी प्रतिको गलत बुझाइ रहेकोले हुदा सोहि कुरालाई विषयवस्तु बनाई नाटक मार्फत् प्रस्तुत गर्न खोजेको थिएटरका अध्यक्ष प्रेम चन्द पाण्डेयले बताउनुभयो ।